Logo

नबिल बैंकद्वारा दुई नगरपालिकासँग सम्झौता



काठमाडौं, १३ भदौ । नबिल बैंकले वित्तीय पहुँच र उद्यमशिलता विकासका लागि दुई नगरपालिकासँग सँझौता गरेको छ । बैंकले पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाकँ तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएकोे बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगोे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे ।

साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु–याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोेमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामासंगै हातेमालो गर्ने बताइन् ।

नबिल बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यस कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकोे छ ।

 

 



प्रतिक्रिया दिनुहोस्