Logo

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको छ । एकीकृत समाजावादीका अध्यक्ष नेपालले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताइसकेका छन् । देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सरकारको आलोचना पनि भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्