Logo

राष्ट्र बैंकले मनी चेञ्जरको १ वर्ष नवीकरण गर्न शुल्क नलिने



काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले मनी चेञ्जर कम्पनीहरुलाई १ वर्षको लागि कुनै पनि शुल्क नलिई नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीलाई ध्यान दिँदै सम्पुर्ण प्रचलित व्यवस्थाहरु यथावत राख्दै नवीकरण भने निशुल्क गर्ने व्यवस्था गरेको हो ।

बैंकको अनुसार नवीकरणको म्याद गणना हुने गरी यस्तो सुविधा ल्याएको जनाईको छ । बैंकले पहिला नै नवीकरण गरिसकेका कम्पनीकहरको लाइसेन्स कुने पनि शुल्क नलिई १ वर्षले म्याद थपिदिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्