Logo

नयाँ दल रोज्न २२ गतेसम्मको समय



काठमाडौं, भदौ १४ । निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई विभाजनपछि बनेको दल रोज्न समय दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले नेकपा एमाले र जसपाबाट गत निर्वाचनमा प्रदेश सभा र स्थानीय तहमा निर्वाचित भएका तर अहिले राजनीति दलसम्बन्धी नयाँ अध्यादेशअनुसार दल विभाजन भएपछि विभाजित दलमा जान चाहनेहरूलाई दल फेर्ने अवसर दिएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार दल रोज्न दल गठन भएको दिनदेखि २१ दिनको समयलाई निर्धारण गरेको जानकारी दिए ।

‘दल विभाजन अध्यादेश आएपछि दुई दल विभाजित भए, अध्यादेशले दल गठन गरेको २१ दिनभित्र दल रोज्न भने अनुसार आयोगले २१ दिनको समय दिएको हो, अब प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २२ भदौसम्मको समयभित्र दल रोज्न सनाखत गर्नुपर्नेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा कायम सदस्यमध्ये २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो । त्यसपछि एमालेबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot