Logo

उपेन्द्र यादवको राजनीतिक अस्त्रः पहाड नमिसाइएको मधेश प्रदेश



काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फेरि मधेश प्रदेशको मुद्दा उठाएका छन् । उनले तराई र मधेशमा पहाडका जिल्ला मिसाएर प्रदेशहरु बनाइएकोमा संरचना बदल्नुपर्ने विषय उठाएका हुन् ।

प्रदेशहरु बनाउँदा प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश बनाउँदा पहाडका जिल्ला र तराईका जिल्ला दुवै मिसाइएको छ । विगतमा यादवले एक मधेश एक प्रदेशको मुद्दा समेत अगाडि सारेका थिए । यसलाई फेरि संशोधित रुपमा मुद्दाका रुपमा अगाडि बढाउने गरी भैरहवामा उपेन्द्र यादवले बोलेका छन् ।

यादवले भाषिक विषय पनि उठाएका छन् । बहुराष्ट्रिय राष्ट्रमा समेत यादवले जोड दिदै ११ प्रदेश बनाउनुपर्ने बताए ।

बहुराष्ट्रिय राष्ट्र, भाषा र पहाडरहित मधेशमा प्रदेशहरु बनाउने उनको पछिल्लो भनाईलाई राजनीतिक अस्त्रका रुपमा लिइएको छ । पछिल्लो समय मधेशको मुद्दाबाट ब्याक भएको भन्दै महन्थ ठाकुर समूहले यादवको आलोचना गर्दै आएका छन् । उनी एक कदम बढेर बहुराष्ट्रिय राज्य, भाषा र मधेशमा पहाड नमिसिएको प्रदेशको विषय उठाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्