झापांं, भदौ १५ । झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।
गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।
उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकडभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।
आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब बढेको छ । रासस