![](https://reportersnepal.com/wp-content/uploads/2021/05/israel_-isreal-768x512.jpg)
काठमाडौं, भदौ १५ । केयर गिभर (सुसारे)का लागि इजरायल जान चाहनेहरुको इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । यसपटक रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।
वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिसकेपछि लिखित परिक्षाको मिति सार्वजनिक गरेको जनाएको छ ।
लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको हो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।
विभागले इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी गराईसकेको जनाएको छ ।