Logo

किशोरी बलात्कार गर्ने पुरुष पक्राउ



उदयपुर, १५ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्