Logo

खैरो हेरोइनसहित ३ जना पक्राउ



मकवानपुर, १५ भदौ । खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका १४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पार्क नजिक लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot