Logo

जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना(फोटोफिचर)



जनकपुरधाम १५ भदौ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । राउतले पार्टीको झण्डा फहराएर सचिवालयको उद्घाटन गरेका हुन् । उक्त पार्टीले जनकपुरधामको भानु चोकमा आफ्नो केन्द्रीय सचिवालयको कार्यालय सञ्चालनमा ल्याएको हो।

सचिवालय कार्यालयको उद्घाटन गर्दै उनले भने, ‘अधिकार स्थापित गर्ने पहिलो खुड्किलोको रुपमा जनकपुरधाममै केन्द्रीय सचिवालय स्थापना गरिएको छ । स्वराजको आन्दोलनको क्रममा ज्यान गुमाएका राममनोहर यादवको स्मरण गर्दै सचिवालय स्थापना गरिएको हो ।’ अध्यक्ष डा. राउतले यादव लगायत सबै शहिदको सपना साकार पार्न संघर्ष जारी रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्