Logo

सुदूरपश्चिममा १० सांसदले नेकपा एस रोजे (सूचीसहित)



काठमाडौं, १५ भदौ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका १० सांसदहरुले नेकपा एकीकृत समाजवादी राजेका छन् । उनीहरु धनगढीस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल रोजी सनाखत समेत गरेका छन् ।

नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका १८ जनामध्ये १० जनाले नेकपा एस रोजेका छन् । यो माधव नेपाल एमालेमा हुँदाको संख्याको बहुमत संख्या हो ।

नेकपा एस रोज्नेमा आन्तरिक मामलामन्त्री पूर्णा जोशी, सामाजक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद समेत छन् । एमाले प्रमुख सचेतक दुर्गाकुमारी कामीले पनि नेकपा एस रोजेकी छिन् ।

दुई मन्त्रीसहित ३ जनाले पनि आजै सनाखत गर्ने भनिएकोमा उनीहरु अनुपस्थित भए । यसले सुदूरपश्चिम क्षेत्रमा तरंग ल्याएको छ ।

सुदूरपश्चिममा नेकपा एमालेका २५ सांसद रहेकोमा १० जना माधव नेपाल पक्षमा गएका छन् । अब १५ जना नेकपा एमालेमै छन् । २१ भदौसम्म कति संख्यामा सांसदहरु जाने हुन् अन्तिम टुंगो लाग्नेछ ।

संसदीय दलका नेता प्रकाशबहादुर शाह भने एमालेमै रहने भएका छन् । उनी भीम रावलका विश्वासपात्र मानिन्छन् । पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवर एमालेमै रहेका छन् ।

पठानसिंह बोहरा, रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली विगतमा पनि एमालेको ओली समूहमै थिए ।

नेकपा एस रोजेका एमाले सांसदहरु

पूर्णा जोशी
लालबहादुर खड्का
चुनकुमारी चौधरी
मनाकुमारी साउद
माया भट्ट
दुर्गा कुमारी कामी
कुलविर चौधरी
अमरबहादुर साउद
बलबहादुर सोडारी
सुशिला बुढाथोकी



प्रतिक्रिया दिनुहोस्

Screenshot