Logo

मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १६ भदौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको ५ लाख ८३ हजार ५ लाख ५८९ कित्ता शेयरमा आवेदन दिने आज अन्तिा दिन हो ।

भदौ १६ गते (आज) सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५ सय ८० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयरको बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको अनुसार बोलपत्र भदौ १७ गते बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot