Logo

बार्सिलोना छाडेर एट्लेटिकोमा अनुबन्ध भए ग्रिजम्यान



एजेन्सी, १६ भदौ । एट्लेटिको मड्रिडले फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोन (ऋण)मा क्लब फर्काएको हो ।

फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि १ सय ३३ गोल गरीसकेका छन् । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।

तर, उनले बार्सिलोनाको लागी राम्रो प्रदर्शन गर्न सकेनन् । उनले बार्सिलोनाबाट १ सय २ खेल खेल्दै ३५ गोल मात्र गर्न सके ।
साथै उनले बार्सिलोनालाई कोपा डेर रेको उपाधि बाहेक अरु जिताउन सकेनन् ।

मेस्सी सहित यस सिजनमा बार्सिलोना छाड्ने उनी ११औं खेलाडी हुन् । बार्सिलोनाले आफ्ना सर्वाधिक गोलकर्ता मेस्सीलाई पनि हालै गुमाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot