Logo

बामदेवले ओलीलाई नटेर्ने एमाले पनि नछाड्ने



काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् ।

गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका हुन् ।

गौतमले एकता अभियानलाई सक्रिय नै बनाइरहनेबारे निकटस्थसँग छलफल गरेका छन् । उनले माधव नेपालसँग कुरा नमिलेपछि कठोर निर्णय लिएको बुझिएको छ ।

यसअघि माधव नेपाललाई साथ दिने घोषणा गरेका गौतम फेरि ब्याक भएका हुन् । उनी अझै एमाले उपाध्यक्षका रुपमा छन् । उनकी पत्नी तुलसा थापा पनि एमालेमै सांसदको रुपमा छिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot