Logo

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ



काठमाडौं, १६ भदौ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका ३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

मिन प्रसादले हुण्डी कारोबार गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot