Logo

उठ्न थाल्यो फोहोर



काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले भने, “फोहोर उठाउने काम भइरहेको छ ।

सयभन्दा बढी ट्रक र त्यसका जनशक्ति परिचालन गरिएको छ । बढीमा दुईरतीन दिनभित्र सबै फोहोरको व्यवस्थापन पूरा हुनेछ ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सरकारले निर्णय गर्नुभन्दा दुई दिन अघिदेखि नै हाम्रो महानगरले आन्तरिक रूपमै फोहोरको व्यवस्थापन गर्दै आएको बताए।

फोहोर उठाउने सुरुसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रियासमेत सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालाई निर्देशन दिएपछि सडक निर्माण प्रक्रिया सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले सोमबार सडक विभागलाई निर्देशन दिएका थिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्