काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नेतृत्वमा को आउने भन्नेबारे सरगर्मी बढेको छ । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्ने तयारी गरिसकेका छन् ।
उता, विमलेन्द्र निधिले भने सम्पर्क कार्यालय खोलेर नै सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । कल्याण गुरुङले पनि हिजोमात्रै पत्रकार सम्मेलनको आयोजना गरेर सभापतिमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् । पौडेल समूहले भने यसपटक सहमतिमै एक जनामात्रै सभापतिको उम्मेद्धवार उठाउने घोषणा गरेको छ । महामन्त्रीमा भने अहिलेसम्म गगन थापाले मात्रै उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
यसपटक कांग्रेसको महाधिवेशनमा कडा प्रतिष्पर्धा हुने बुझिएको छ । देशभरिका युवाहरुले प्रदीप पौडेललाई पनि महामन्त्रीमा उम्मेद्धवारी दिन दबाब दिएका छन् । तर, अहिलेसम्म पौडेलले औपचारिक रुपमा उम्मेद्धवारी घोषणा भने गरेका छैनन् । पौडेलले क्रियाशिल सदस्यता विवाद समाधान समितिम रहेर समेत काम गरिसकेका छन् ।
उनको देशव्यापी रुपमा युवाहरुमाँझ राम्रो पकड छ । नेविसंघको नेतृत्व हाँकिसकेका नेता भएकोले पनि उनी युवामाँझ लोकप्रिय छन् । सम्भवतः वडा अधिवेशन सम्पन्न भएलगत्तै पौडेलले महामन्त्रीमा आफ्नो उम्मेद्धवारी दिनेछन् । कांग्रेसमा पछिल्लो समय युवाहरु नेतृत्वमा आउनुपर्ने बहस भैरहेको छ । file photo