Logo

नेपालमा कोरोनाविरुद्धको खोप १ करोड बढी लगाइयो, २ करोड १७ लाखले लगाउन बाँकी



काठमाडौं, १७ भदौ । नेपालमा कोरोनाविरुद्धको पुर्ण खोप हालसम्म ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात १५ दशमलव ४ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, ४६ लाख ६७ हजार ३ सय २८ जना अर्थात १७ दशमलव ९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् ।

अब बाँकी २ करोड १७ लाख ५६ हजार ७ सय ६३ अर्थात ७१ दशमलव ६ प्रतिशतले खोपको दुवै मात्रा लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ करोड ९२ हजार १ सय ६४ खोप खपत भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालमा बुधबार कोरोना भाइरसका २ हजार ५२ जना संक्रमितसंगै कुल संक्रमितको संख्या ७ लाख ६४ हजार २ सय ९५ पुगेकोे छ ।

त्यस्तै, हालसम्म ७ लाख १९ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्