काठमाडौं, १७ भदौ । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ । दुई/चार दिनयता २ हजारको वरिपरि संक्रमित थपिएका हुन् । बुधबार २ हजार ५२ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७ लाख ६४ हजार २ सय ९५ पुगेकोे छ ।
त्यस्तै, हालसम्म ७ लाख १९ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० पुगेको छ । सबैभन्दा धेरै काठमाडौंमा संक्रमित रहेका छन् ।
काठमाडौं जिल्लामा मात्रै २ लाख २८ हजार ६ सय ६३ संक्रमित मध्ये २ लाख ३५ हजार ७ सय २४ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा अहिलेसम्म २ हजार ९१ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ७० जना उपचाररत छन् ।
भक्तपुर जिल्लामा २७ हजार ६ सय संक्रमितमध्ये २५ हजार ८ सय संक्रमण निको भइसकेका छन् भने ४ सय १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । १३ सय ६२ संक्रिय संक्रमितको संख्या रहेको छ ।
यसैगरी, ललितपुरमा ४५ हजार ८ सय संक्रमित मध्ये ४२ हजार ९ सय निको भएका छन् भने २२ सय ३४ जनाको उपचार भैरहेको छ । ६ सय ४१ जनाको हालसम्म निधन भइसकेको छ ।