काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी गर्न थालेको छ ।