काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले दार्चुलामा नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेकिल्पटर निरन्तर उडेको भन्दै आपत्ति जनाएका छन् । रावलले यो विषयमा सरकारलाई जानकारी छ कि छैन् ? भनेर पनि प्रश्न गरेका छन् ।
दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?
— Dr. Bhim Rawal (@BhimRawal179) September 3, 2021
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?