काठमाडौं, १८ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले जयसिंह धामीको हत्याबारे बोल्न केपी ओलीलाई भारतीय ‘रअ’ प्रमुख सामन्त गोयलले रोकेको हो? भन्दै प्रश्न उठाएका छन् । सत्ता गठबन्धनलाई सत्ता–स्वार्थले रोकेको भन्दै प्रतिपक्षी ओली गणलाई चाहीँ के कुराले रोक्यो भन्दै प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘आफुलाई भयङ्कर राष्ट्रवादी ठान्ने प्रतिपक्षी ओली गणलाई दलबलसहित सडकमा ओर्लिएर विरोध गर्न सामन्त गोयलले रोकेको हो?’ भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘जय सिंहको तुइन हत्याबारे दिल्लीका दादासँग हाकाहाकी कुरा गरी कडा विरोध जनाउन सत्ता गठबन्धनलाई त सत्ता–स्वार्थले रोक्यो होला, आफूलाई भयङ्कर राष्ट्रवादी ठान्ने प्रतिपक्षी ओली गणलाई दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न कसले रोक्यो ?निशाचर कमरेड सामन्त गोयल आदिले’ ?
जय सिंहकाे तुइन हत्याबारे दिल्लीका दादासँग हाकाहाकी कुरा गरी कडा विराेध जनाउन सत्ता गठबन्धनलाई त सत्ता-स्वार्थले राेक्याे हाेला,आफूलाई भयङ्कर राष्ट्रवादी ठान्ने प्रतिपक्षी ओली गणलाई दलबलसहित सडकमा ओर्लिएर विराेध बाेल्न कसले राेक्याे?निशाचर कमरेड सामन्त गाेयल आदिले?
— Khagendra Sangroula (@belakoboli) September 3, 2021