Logo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



धादिङ, १८ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका ५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगर बिहीबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । २०६१ कात्तिक १२ गते बेलुका खरीस्थित यम बहादुर बिकको घरमा बसिरहेको अवस्थामा लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा अदालतले उक्त कैद सजाय गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्