काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् । file photo