काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समास्या देखिएको छ ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाटमा सक्रियता बढाएका ओलीले अस्वस्थ महशुस गरेपछि भेटघाट बन्द गरेका छन् । उनका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार दैनिक दौडधुपको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ बनेका छन् ।
बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका ओलीले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको उनले बताए ।