Logo

ओली अस्वस्थ, घरमै आराम गर्दै



काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टीका बैठक र भेटघाटका कारण धपेडीले उनी अस्वस्थ भएको बुझिएको छ । हिजोदेखि नै ओली घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

हिजो तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरिेको पिपिएलएको भेलामा समेत उनी उपस्थित् भएका थिएनन् । पछिल्लो समय अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सभागी हुँदै आएका थिए ।

उनले दैनिक तीन/चार वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिईरहेका थिए । प्रायः सबै कार्यक्रममा उनले लामो सम्बोधन गर्ने गरेका थिए । स्वास्थ्यमा ठूलो समस्या नभएपनि उनी आराम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्