Logo

‘वामदेवले एमाले विभाजन गर्दा नेपाली कांग्रेससँग करोडौं रकम लिएका थिए’ : मैनाली (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेकपा (माले) का महासचिव सिपी मैनालीले एमाले विभाजन गर्दा वामदेव गौतमले नेपाली कांग्रेसबाट पैसा लिएको खुलासा गरेका छन् । उनले भने,‘वामदेवले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कामार्फत पैसा लिएका हुन् । उनले करोडौंको संख्यामा पैसा लिएका हुन् । तर, यकिन राशि थाहा नभएको हुनाले मैले भन्न मिल्दैन् । तर, करोडौंको रकम लिएका थिए ।’

उनले एमाले विभाजन हुनुभन्दा अघि नै आफूहरुलाई एमालेबाट निश्काषन गर्नको लागि सुवास नेम्वाङले पहल गरेको टिप्पणी गरे । माधव नेपालले पार्टी विभाजनबाट रोक्नको लागि आफूसँग कुनै पहल नगरेको र छलफल नै नगरेको पनि मैनालीले स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले वामदेवले पछि एमालेसँग एकता गर्दा आफू नगएको सुनाए ।

उनले वामदेवले एमाले परित्याग गर्दा एमालेलाई घाटा लाग्ने टिप्पणी गरे । तर, वामदेवले एमाले परित्याग गर्दैमा ठूलो असर भने नपर्ने उनको भनाई छ । लाखौं लाख कार्यकर्ता भएको एमालेमा वामदेवसँग दुई चार हजार कार्यकर्ता हुनु ठूलो कुरा नभएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्