काठमाडौं, १९ भदौ । राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले भर्खर मात्र नेकपा (एमाले) छाडेको घोषणा गरेका बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘वचन र अडानको ठेगान नभएका बामदेव’ले छाड्न पनि के–के छाडेका हुन् भन्दै सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्,‘वचन र अडानको ठेगान नभएका वामदेव गौतमले छाड्न पनि के के छाडेका हुन् गाँठ्ठे !
चुनाव हारेका मान्छेले राष्ट्रिय सभा ओघटेर गति छाडे ।
जसरी नि प्रधानमन्त्री बनाइपाऊँ भनेर मति छाडे ।
घरी ओली गुट छाडे,घरी माधव गुट छाडे ।
आज एमाले छाडेछन् ।
यिनले अब लुगा लाउन छाड्नमात्रै बाँकी रह्यो त !’
वचन र अडानकाे ठेगान नभएका वामदेव गाैतमले छाड्न पनि के के छाडेका हुन् गाँठ्ठे!
चुनाव हारेका मान्छेले राष्ट्रिय सभा ओघटेर गति छाडे।
जस्सरी नि प्रधानमन्त्री बनाइपाऊँ भनेर मति छाडे।
घरी ओली गुट छाडे,घरी माधव गुट छाडे।
आज एमाले छाडेछन्।
यिनले अब लुगा लाउन छाड्नमात्रै बाँकी रह्याे त!— Khagendra Sangroula (@belakoboli) September 3, 2021
–File Photo