Logo

प्रचण्डले बोल्नुपर्दैन, एमसीसी के गर्ने भनेर ? : केपी ओली (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नेपालको सीमा विवाद नभएको दाबी गरेका छन् । आज आयोजित पार्टीको काठमाडौं महानगर राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘चीनसँग कुनै सीमा विवाद छँदैछैन, कसलाई खुशी पार्नको लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो ? कसलाई खुशी पार्न ? चीनसँग सीमा विवाद छैन् । यो सरकारलाई म चूनौति दिएर भन्न चाहन्छु, भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ। चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ । यिनी मान्छेहरु हुन, कांग्रेस र माओवादी भएको बेला एमसीसी गरे, अहिले एमसीसी बोल्दैनन्, झुक्याएर पास गर्न खोजेको होलान् । बोल्दैनन्, के गर्ने हो भन्दैनन्, जनताको अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् ? भन्नुपर्दैन् ? शेरबहादुर देउवाले भन्नुपर्दैन ? एमसीसी के गर्ने भनेर ?

https://www.facebook.com/RishiDhamalaOfficial/videos/890746241533582

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्