Logo

जब आइएसआई प्रमुख अफगानिस्तान छिरे (भिडियोसहित)



एजेन्सी, २० भदौ । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आइएसआइ) का प्रमुख फैज हमिद काबुल पुगेपछि विश्वको चासो भयो । अफगानिस्तानस्थित विदेशी पत्रकारहरु हमिद काबुल पुग्नेवित्तिकै विमानस्थल पुगे ।

हमिदलाई प्रश्न गर्न थाले । एकजना महिला पत्रकारले एकपछि अर्को प्रश्न गरिन् । उनले साधिन्ः ‘के तपाईं तालिवानका वरिष्ठ नेताहरुलाई भेट्दै हुनुहुन्छ ?’ हमिदले जवाफ दिए, ‘होइन । म स्पष्ट छेन ।’

महिलाले फेरि प्रश्न सोधिन्, ‘अफगानिस्तानमा तपाईंको अपेक्षा के हो ?’ हमिदले जवाफ दिए, ‘म भर्खर विमानबाट ओर्लिएको छु ।’ उनले जवाफमा शान्तिका लागि काम गर्ने बताए । भने, ‘नडराउनुहोस्, सबै कुरा ठिक हुन्छ ।’

हमिद तालिवान सत्तामा आएपछि अफगानिस्तान पुग्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । अफगानिस्तानमा तालिवानविरोधीहरुले आइएसआइको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन् । उनीहरुले तालिवानले पाकिस्तानबाट सैन्य साथ पाएको बताउँदै आएका छन् । यसबीच हमिद काबुल पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot