Logo

५२ वर्षीय पुरुषले बालिकालाई जबरजस्ती गर्दा…



सुनसरी,२० भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्