Logo

म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोलसहित पक्राउ



दाङ, २० भदौ । विभिन्न हातहतियार सहित एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१३ वडरा बस्ने २५ वर्षीय ईन्द्र कमल वुढामगरलाई म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल १ थान र १ राउण्ड गोली सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध हातहतियार पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको घरमा पार्किङ गरी राखेको रा.५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकमा लुकाई राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

साथै दाङ, तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेस्थित न्याउली सामुदायिक वनमा स्याउलाभित्र अपरिचित व्यक्तिले लुकाई राखेको १ थान भरुवा बन्दुक प्रहरी चौकी खाद्रेबाट खटिएको प्रहरीले शनिबार दिउँसो फेला पारी बरामद गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot