Logo

सुदूरपश्चिम प्रदेशः संकटमा रावल



कैलाली, भदौ २१। आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो ।

सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि तोड्न नसक्ने तर एमाले विभाजनपछि उनको शक्ति अब पहिलाको जस्तो रहेन । एमाले विभाजनपछि माधव नेपाल समूह छाडेर संस्थापनतर्फको राजनीति थालेका उनको यही बिन्दुबाट राजनीतिक क्षयीकरण सुरु भयो । कुरा र कामको तालमेल फरक हुँदा उनीसँग राजनीतिक सम्बन्ध तोड्न कस्सिए उनलाई साथ दिनेहरू ।

राष्ट्रिय राजनीतिमा समेत अब्बल ठहरिएका एमाले नेता रावलको शक्ति अहिले दिनप्रतिदिन क्षयीकरण बन्दै छ । वर्षौंदेखि आफूलाई साथ दिँदै आएका सहकर्मीबाट उनी अहिले टाढिएका छन् । उनी संलग्न दल एमाले अहिले सुदूरपश्चिम प्रदेशमा तेस्रो दल बन्न पुगेको छ । एमालेबाटै फुटेको नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा ठूलो दल बन्दा उनको राजनीतिक भविष्य नै चौपट हुने दिशामा अघि बढिरहेको छ । एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट सांसदहरूलाई नयाँ पार्टी जानबाट रोक्न नसक्दा उनको यो हविगत भएको हो ।

निर्वाचन आयोगले दल विभाजनपछि आफूले रोजेको दल छान्न जनप्रतिनिधिहरूलाई आज २२ गतेसम्मको समयसीमा तोकेको छ । सुदूरपश्चिममा अहिलेसम्म १३ जना प्रदेश सांसदहरूले एकीकृत समाजवादी रोजिसकेका छन् । १३ जनाले समाजवादी छान्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीको सांसद संख्या बराबर छ । कथंकदाचित आज थप एक जनाले एमाले परित्याग गरेको अवस्थामा संघीय समाजवादी सुदूरपश्चिमकै सबैभन्दा ठूलो दल बन्नेछ । एमाले उपाध्यक्ष रावलको राजनीतिक जीवनमा योभन्दा नमज्जा अरू के नै हुन सक्छ र ?

त्यसो त, आफ्ना सांसदहरू र अन्य जनप्रतिनिधि एकीकृत समाजवादीमा नजाउन् भनेर उनी सुदूरपश्चिम प्रदेशमा अड्डा नै जमाएर बसेका थिए । तर, त्यसको केही अर्थ रहेन । विसबास पात्रहरूले एक÷एक गरेर साथ छाड्दा उनको राजनीतिक जीवन नै धर्मराइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट संघीय राजधानी काठमाडौं आइपुग्दा उनको राजनीतिमा थप क्षति पुगिसकेको हुनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot