Logo

बाढीले काठमाडौंका तीन सय ८२ बढी घर डुबानमा



काठमाडौं, भदौ २१ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन् । उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ। अझै थप हुने भएकाले उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको रेकर्ड अनुसार १०५ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। बागमती नदीमा जल सतहले सतर्कताको तह पार गरेको छ। अत्याधिक बर्षाका कारण शान्तिनगर, कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुल, मैतीदेवि, सिहंदरबार पूर्वीगेट, पुतलिसडकलगायत क्षेत्र डुबानमा परेको छ। त्यस्तै, धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot