Logo

राधी विद्युत कम्पनीको ३६ प्रतिशत बोनस शेयर फ्रिज हुने



काठमाडौं, २१ भदौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको छ । ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको कम्पनीले सोमवार सुचना जारी गर्दै जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर फ्रिज हुन नदिन सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ ।

कम्पनीले असार २९ गते सम्पन्न साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा कर वापतको रकम बुझाईसकेपछि मात्र बोनस शेयर जम्मा गरिने व्यवस्था भएकाले कर रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।

बोनस शेयर वापतको कर रकम कम्पनीको बैंक अफ काठमाडौंको कमलपोखरीमा रहेको खाता नम्बर ०१०००००६३५१७५२४ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ । कर रकम जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो हितग्राही खाता खुलाउनु पर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot