काठमाडौं, २१ भदौ । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले मोदीको विरोध गर्नेलाई थुन्छु भन्ने यो सरकार लोकतान्त्रिक हो कि तालिवानी ? भन्दै प्रश्न गरेका छन् । उनले भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंह धामीको हत्या गर्दा उत्पन्न जनआक्रोशलाई स्वभाविक भएको भन्दै यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल टिव्टरमा यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्, ‘भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंहको जघन्य हत्या गर्दा उत्पन्न जनआक्रोश मोदीको पुत्ला दहनमा प्रकट भो त के उपद्रो भो ? यो लोकतन्त्रमा प्रचलित विरोधको एउटा रूप हो । यो विरोधको विरोधमा विरोधकर्तालाई पक्रिन्छु, थुन्छु भन्ने यो सरकार लोकतान्त्रिक हो कि तालिबानी हो ?’
केही दिन अघि माधव नेपाल पक्षका नेकपा (एकिकृत समाजवादी) भातृ संगठनहरुले जयसिंह धामीको हत्याको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फुत्ला दहन गरेका थिए ।-File Photo
भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंहकाे जघन्य हत्या गर्दा उत्पन्न जनआक्राेश माेदीकाे पुत्ला दहनमा प्रकट भाे त के उपद्राे भाे?याे लाेकतन्त्रमा प्रचलित विराेधकाे एउटा रूप हाे।याे विराेधकाे विराेधमा विराेधकर्तालाई पक्रिन्छु,थुन्छु भन्ने याे सरकार लाेकतान्त्रिक हाे कि तालिबानी हाे?
— Khagendra Sangroula (@belakoboli) September 5, 2021