Logo

भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ



मोरङ, २१ भदौ । भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा आइतबार साँझ पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान, फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार बरामद गरेको छ ।

लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot