Logo

पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित



२१ भदौ: पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ ।

पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन् । त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन् ।

हाल पाकिस्तानमा सक्रिय सङ्क्रमितको संख्या ९२ हजार ३६७ रहेको छ । ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ । कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२ जनाका मृत्यु भएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot