काठमाडौं, २१ भदौ । दार्चुलाको महाकाली नदीमा तुईनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घट्नामा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।
भारतीय एसएसबीको उपस्थितिमा घट्ना घटेको छानबिन समितिको प्रतिवेदनअनुसार नै नेपालको परराष्ट मन्त्रालयले भारतलाई आज कुटनीतिक पठाएको स्रोतको दाबी छ । यसअघि भारतले उक्त घट्नाबारे आफूहरुलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।
नेपालमा दार्चुला घट्नाको विरोधमा भारतविरुद्ध प्रदर्शनसमेत भैरहेका छन् । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर धामी महाकालीमा हराएका थिए । नेपाल सरकारले यसअघि पीडित परिवारलाई दश लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । file photo