Logo

नेपाल र पीएनजी बिचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल आज हुँदै



काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । यसको लागि नेपाली टोली केही दिन अघि नै ओमान पुगीसकेको छ । अर्को खेल भने शुक्रबार हुनेछ ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।नेपालले सन् २०१८ मा पीएनजी माथी जित निकालेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot