Logo

अमेरिकामा २५ हजार संक्रमितको गम्भिर अवस्थामा उपचार हुँदै



एजेन्सी, २२ भदौ । विश्वभर कोरोना भाइरसको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म ४५ लाख बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, नेपालमा पनि १० हजार बढीको निधन भइसकेको छ ।

अमेरिकामा ४ करोड ८ लाख ६५ हजार ७ सय ९४ जना कोरोना संक्रमितको संख्या रहेको छ भने ३ करोड १३ लाख ३५ हजार २ सय ७८ जना निको भइसकेका छन् ।

त्यस्तै, ८८ लाख ६३ हजार ९ सय ५७ जनाको उपचार भैरहेको छ भने २५ हजार ६ सय ६६ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । अमेरिकामा ६ लाख ६६ हजार ५ सय ५९ जनाको हालसम्म निधन भएको छ ।

हिजो नेपालमा १ हजार ८ सय ९७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संसारभर कोरोना संक्रमितको संख्या २२ करोड २० लाख रहेको छ । त्यस्तै, ४५ लाख ८९ हजार १ सय ८० जनाको संक्रमणबाट निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्