Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी शेषमती पुलबाट पक्राउ



काठमाडौं, २२ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका १२ सिमपानी घर भएका ५६ वर्षीय शिवराम गजुरेल सोमबार पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्