Logo

यी हुन् संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ सदस्य (तस्बिरसहित)



काठमाडौं, २२ भदौ । संखुवासभाको उमलिङमा हत्या गरिएका एकै परिवारका ६ जनामध्येका हुन् यी अबोध बालबालिका । कोपिलामै यीनलाई अपराधीहरुले चुडेका छन् । निर्ममतापूर्वक रातको समयमा हत्या गरी बारीमा घोप्टो पारी फालिदिए । विपिन कार्की ८ वर्षका थिए भने गोमा कार्की ५ वर्षकी थिइन् ।

२० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान कार्की मात्र जिवित छाडिए । उनकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्कीको हत्या भयो ।

हत्या पछि प्रहरीले घटनास्थलको स्थलगत अनुसन्धान गरिरहेको छ । लासको प्रकृति र मुचुल्कापछि बोकेर केही टाढाको बाटोमा पुर्याई ट्रयाक्टरमार्फत् पोष्टमार्टमका लागि लगिएको थियो ।

प्रहरीको अनुसन्धान टोली संखुवासभाको उमलिङमा खटिएको छ । तालिमप्राप्त कुकुरहरुको समेत प्रयोग भएको छ । विभिन्न कोणबाट अनुसन्धान बढाइएकाले केही दिनमै खुल्नसक्ने बुझिएको छ । तर, प्रहरीले तथ्यप्रमाणहरु संकलन गरेपछि मात्र अपराधीलाई नियन्त्रणमा लिने गरी अनुसन्धान बढाएको बुझिएको छ ।

तस्बिर स्रोतः फेसबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot