Logo

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामा



धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् ।

शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री थिए । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिएका थिए ।

शाह नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन् । उनले एमालेमै रहने निर्णय लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्