Logo

चितवनमा ३६ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजे



चितवन, २३ भदौ । जिल्लामा नेकपा (एमाले) परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन आयोगमा पठाइने छ ।

नयाँ पार्टीका लागि दल रोज्नेमा माडीका तीन, राप्तीका दुई, रत्ननगर नगरपालिकाका १६ तथा भरतपुर महानगरपालिकाका १५ जनप्रतिनिधि रहेका छन् । उनीहरुमध्ये माडी र राप्तीका एक एक वडाध्यक्ष, रत्ननगरका चार वडाध्यक्ष र भरतपुरका पाँच वडाध्यक्ष तथा अन्य वडा सदस्य रहेका छन् । कालिका नगरपालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले भने दल परिवर्तन गरेका छैनन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको छ ।

जिल्लाका सात पालिकामध्ये नेकपा एमालेको चार नगरपालिकामा प्रमुख र उपप्रमुख रहेका छन् । निर्वाचन कार्यालयमा सनाखत भएकाको कागजात आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot