Logo

एमसीसीबारे ओलीको यु टर्न



काठमाडौं, २३ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली अमेरिकाप्रति कठोर बन्दै गएका छन् । प्रधानमन्त्री हुँदा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न निकै सक्रिय भएका उनी प्रतिपक्षी दलका नेता भएलगत्तै यु टर्न भएका छन् ।

ओलीले एमसीसी संसदमा प्रस्तुत गर्न चुनौती दिने देखि प्रस्ताव आएमा विचार गरिने बताएका छन् । आज एमाले संसदीय दलको बैठकमा ओलीको बोली एमसीसीबारे विगत र वर्तमानमा फरक देखियो । उनले भने, हामी अग्रसर भइहाल्ने पक्षमा छैनौं ।

ओलीले एमसीसीको विवरण पढेर फाइदा र घाटाबारे टुंगो लाग्न अरुलाई छाडिदिएको बताए । उनले भने, सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन पनि गरेका हेनौं त्यसैले हाम्रो काँधमा हाल्न जरुरी छैन ।

एमसीसीबारे प्रष्ट हुन सांसदहरुले भन्दा ओलीले जनहित हुने भए साथ हुने भन्दै अहिले नहतारिने स्पष्ट पारे ।

विगतमा एमसीसी संसदमा प्रस्तावका रुपमा नबढाएको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटाको खुलेर आलोचना गरेका थिए । अहिले उनी एमसीसीबारे फरक बोल्न थालेका छन् ।

एमसीसी शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा सम्झौता भएको थियो । अहिले फेरि उनी प्रधानमन्त्री भएकाले संसदबाट पारित गरी कार्यान्वयनमा लाने रणनीति देखिदैछ ।

अहिले एमसीसीबारे सत्ता गठबन्धनभित्रै मतभेद छ । नेपाली काँग्रेस मात्र एमसीसीको पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी संशोधन भएपछि मात्र पारित गर्नुपर्ने पक्षमा छन् । जनमोर्चा नेपाल एमसीसीको विपक्षमा खुलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्