Logo

संसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा



काठमाडौं, २३ भदौ । संसद् बैठक भदौ २५ गते बस्नेगरि स्थगित् भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध कायम गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका संसदीय मर्यादाअनुसार नभएको भन्दै एमाले सांसदहरुले आज उठेर विरोध र नाराबाजी गरेका थिए ।

बैठक पहिलोपटक १५ मिनेट र दोस्रो पटक पनि १५ मिनेट स्थगित् गरिएको थियो । एमालेको अवरोधकै बावजुद पनि गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुख सापकोटाले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्