Logo

नरेशले बाबुआमासहित ६ जनालाई दिए एकैपटक दागवत्ती



इटहरी, २४ भाद्र । संखुवासभामा हत्या गरिएका कार्की परिवारका सदस्यहरुको अन्त्येष्टि गरिएको छ । दुबईमा रहेका कान्छा छोरा नरेश कार्की फर्किएपछि उनीहरुको इटहरीको बुढीगंगा नदी किनारमा बुधबार अन्त्येष्टि गरिएको हो ।

मृतक तेजबहादुर कार्कीका दुई छोरामध्ये नरेश स्वदेश फर्किएका हुन् । उनले नै परिवारका ६ जनालाई दागवत्ती दिए ।

संखुवासभाको उमलिङमा २० भाद्रमा भएको घटनामा घरका ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए । मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष १० का विपिन कार्की र पनातिनी वर्ष ७ की गोमा कार्की मृत फेला परेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot