Logo

माधव नेपालको नेकपा एस चुनावमा ढल्ने गोकुल बाँस्कोटाको ठोकुवा



काठमाडौं, २४ भाद्र । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी चुनावमा ढल्ने ठोकुवा गरेका छन् । उनले चुनावमा जनताबाट एक प्रतिशतभन्दा कम मत पाउने ठोकुवा समेत गरेका छन् ।

आज ट्वीट गर्दै बाँस्कोटाले अध्यादेशमार्फत् २० प्रतिशतको मापदण्ड राखेर पार्टी फुटाइएको उल्लेख गर्दै जनप्रतिनिधिमा पुग्दा नेकपा एस ९ प्रतिशतमा झरेको उल्लेख गरे । कार्यकर्तामा जाँदा २ प्रतिशतमा झर्ने र चुनावमा जाँदा ढल्ने ठोकुवा गरे ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः अध्यादेश मार्फत २०% को जाली तमसुक बनाउनेहरु जनप्रतिनीधीमा पुग्दा ९% मा पुगेछन।अब कार्यकर्तामा जादा २% उक्लन्छन।चुनाबमा जनताबाट o.87% कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ।



प्रतिक्रिया दिनुहोस्