Logo

प्रचण्ड भेट्न फातिमा सुमारको टोली खुमलटारमा



काठमाडौं, भदौ २५ । एमसिसी उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेकी छन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार नेपाल आएसँगै राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेको छ । एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न चार दिने नेपाल भ्रमणमा आएकी उनीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछिन् ।

काठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् ।

त्यस्तै, विहिबार नै उक्त टोलीले जसपाका नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहीबार नै भेटवार्ता गरेकि थिइन् ।



प्रतिक्रिया दिनुहोस्